तातोपानी र रसुवागढी नाका संचालनमा ल्याउन चिन तयार

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 14, 2022 14-Sep-2022, Wed
1 Min Read
Aa
tatopani naka

नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेशका अध्यक्ष लि चान्सु र राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबार भेटवार्ता भए संगै सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका संचालनमा ल्याउने जानकारी प्राप्त भएको छ ।

स्रोतका अनुसार तत्कालै नाका खोलिने भएको हो । चिनियाँ नेता लिले विश्वासका साथ नाका तत्कालै संचालनमा ल्याउने बताएको स्रोतले बताएको छ ।

नेता लिले विश्व शान्ति, चीनसँगको मित्रतापूर्ण सम्बन्धलाई निरन्तरता दिएको र एक चीन नीतिप्रति प्रतिवद्धता व्यक्त गरेकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद दिए ।

राष्ट्रपती भण्डारीले पनि नेपाल र चिनको सम्बन्ध एतिहासिक रहेको र नेपालको विकासको लागि चिनले गरेको सहयोगका लागि धन्यवाद ब्यक्त गरिन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja