वर्षौ आघि हराएको टुकुचा खोला जय नेपाल हलको कम्पाउण्ड भित्र

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 15, 2022 16-Sep-2022, Fri
1 Min Read
Aa
टुकुचा खोला

काठमाडौँ महानगरपालिकाले वर्षौ आघि हराएको टुकुचा खोला जय नेपाल हालको कम्पाउण्ड भित्र उत्खनन गर्दा भेटाएको छ ।

महानगरले जनाए अनुसार नक्सा हेर्दा खोला हुनुपर्ने ठाउमा खोला नभएको र हल परिसरमा आएर खोलानै हराएको हो ।

नक्साकै आधारमा महानगरले डोजर चलाएर १५ फिट गहिरो खन्दा खोला भेटिएको हो । यस आघि महानगरले टुकुचा खोलाको आतिक्रमण गरेको ठाउँ हटाउन साउन १२ गते सूचना जारि गरेको थियो ।

सुचनाको म्याद सकिएको र महानगरले आफै डोजर चलाएर हराएको खोलाको खोजि कार्य गर्न थालेको महानगरले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja