स्वीस टेनिस स्टार रोजर फेडेररले आफ्नो २४ वर्षीय लामो टेनिस करियरलाई टुंग्याउने निर्णय लिएका छन् । उनले सामाजिक संजाल मार्फत आफुले सन्यास लिने निर्णय लेखेका छन् ।
रोजर फेडेररले आफ्नो लामो समयको करियरमा १५०० भन्दा बडी टेनिस खेल खेलिसकेका छन् । फेडेररले आफ्नो करियरमा २० वटा ग्राण्डस्लाम, ५ सिजन नम्बर १ भएका, ८ पटक विम्बल्डन जितेका छन् ।
उनले घुँडाको ३ पटक शल्यक्रिया गरेपस्क्षात कुनैपनि प्रतियोगिता खेल खेलेका छैनन् । फेडेररले सामाजिक संजाल मार्फत उनले आफ्नो सरिरको क्षमत र सिमाहरु थाहा भएको बताउदै ४१ वर्षको उमेरमा आफ्नो टेनिस प्रतियोगिता करियरको समाप्त गरेका छन् ।


















प्रतिक्रिया दिनुहोस्