आज आसोज ३ गते संबिधानसभाबाट नयाँ संबिधान जारि भएको आज ८ वर्ष पुगेको छ । २०७२ आसोज ३मा नयाँ संबिधान जारि भएको थियो । संबिधान दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा पनि छ ।
यसै कारण हरेक वर्ष आसोज ३ गते राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संबिधान दिवसको अवसरमा काठमाडौँ उपत्यकाको टुडिखेल सहित देशभर यस दिवशलाई मनाइदै छ ।
उपत्यकाको टुडिखेलमा यस दिवशको अवसर पारि आज बिहान बिभिन्न कार्यक्रमहरु भएका थिए । उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रशाद सापकोटा, सुरक्षा अंगका प्रमुखलगाएतका सहभागी भएका थिए ।
उक्त कार्यक्रममा प्रधानमन्त्रि शेरबहादुर देउवाले आगामी मंगिर ४ गते हुने प्रतिनिधि र प्रदेश शभाको चुनाव निष्पक्ष हुने बताए । उक्त कार्यक्रममा बिभिन्न संस्कृतिक झाँकी प्रदर्शन समेत गरिएको थियो ।
नेपाल सेनाले शान्तिको प्रतिक परेवा उडाउनुका साथै हेलिकप्टरबाट फुलको वर्षात गर्दै संबिधान दिवशको वव्यताका साथ उद्घाटन गरेका थिए । यस संगै देशभर संबिधान दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु भइरहेका छन् ।


















प्रतिक्रिया दिनुहोस्