काठमाडौँका मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोल सहित २०८ जना मेयर/उपमेयरलाई निर्वाचन आयोगको चेतावनी

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 20, 2022 20-Sep-2022, Tue
1 Min Read
Aa

काठमाडौँका मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोल सहित २०८ जना मेयर/उपमेयरलाई निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनाबी विवरण खर्च नबुझाएकोमा आयोगले जरिवाना तोकेको छ ।

सबै २०८ मेयर/उपमेयरलाई निर्वाचन आयोगले जनही ७ लाख ५० हजारको दरले जरिवाना तोकेको छ । आयोगले सार्वजनिक गरेको विवरणमा काठमाडौँका मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोल समेत रहेका छन् ।

आयोगले जरिवाना तिर्न ६ महिनाको समय दिएको र उक्त समय सम्ममा जरिवाना नतिरेमा कानुनी व्यवस्था अनुसार जागिरनै जाने सम्भावना पनि हुन सक्ने बताएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja