इडीभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकोमा ९ जना पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 23, 2022 23-Sep-2022, Fri
1 Min Read
Aa
arrested

काठमाडौँ उपत्यकाका प्रहरीले जानकारी दिए अनुसार इडीभी भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकोमा ९ जना पक्राउ परेका छन् ।

जानकारी अनुसार उनिहरुले काठमाडौँका बिभिन्न स्थानबाट नक्कली प्रमाणपत्र पेश गरेको आरोप लागेको छ । उनीहरुले ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेको कारण नकाली प्रमणपत्र पेश गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पाँचथर घर भएका २५ वर्षीय शमिर राई, पोखरा घर भएका ४० वर्षीय अरुण कार्की, नुवाकोट घर भएका २५ वर्षीय राधिका तामाङ्ग, स्यांग्जा घर भएका सबिता श्रेष्ठ, झापा घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी घर भएका २१ वर्षिया सुरज राज खत्री, अछाम घर भएका  २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा बिर्तामोड घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठ रहेका छन् ।

उक्त कार्यमा संलग्न दिनेश र सूर्य बहादुरलाई पनि प्रहरीले पक्रउ गरेको छ ।  

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja