काठमाडौं महानगरपालिकाले दसैं लक्षित बजार अनुगमनमा उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन सुरु गर्दै तरकारी पसलहरुलाई महानगरमा दर्ता गर्नका लागि आग्रह गरेकी छन ।
उपमेयर डंगोलको टोलीले प्रदर्शनीमार्गको तरकारी बजार, खसी बजारसहित खाद्य संस्थानमा अनुगमन गरेको थियो । अनगुमनको क्रममा तरकारी पसलहरू दर्ता बिना नै सञ्चालन गरिएको पाइएको उपप्रमुख डंगोले जानकारी दिइन् ।
डंगोलले तरकारी पसलहरुलाई महानगरमा दर्ता गर्नका लागि आग्रह गरिएको बताइन् । उनले भनिन्,हामीले अनुगमन गर्दा धेरै तरकारी पसलहरुलाई दर्ता गर्नुपर्छ भन्ने जानकारी नै रहनेछ । हामीले एक पटकका लागि भनेर कसैलाई कारबाही गरेनौं, उहाँहरुलाई दर्ता गर्नु भनेर भनेका छौं ।


















प्रतिक्रिया दिनुहोस्