नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षका समूहले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 28, 2022 28-Sep-2022, Wed
1 Min Read
Aa
धर्ना

नेपाली कांग्रेसको  डा. शेखर कोइराला पक्षका समूहले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ । पार्टी कार्यालय अगाडि मौन धर्नामा बसेका उनीहरुले एक घण्टासम्म बस्ने बताएका छन् ।

समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रूपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पार्टी कार्यालयमा धर्ना दिएको हो ।

समानुपातिक बन्दसूची नसच्चिए निर्वाचन बहिस्कारसम्म जाने कोइराला पक्षको चेतावनी छ । सभापति शेरबहादुर देउवा पक्षले टिकट वितरणमा अन्याय गरेको भन्दै शेखर पक्ष आन्दोलनमा उत्रिएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja