वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्रि हुने प्रसोधित पानीको अधिकतम खुद्र बिक्रि मूल्य तोकेको छ ।
विभागका अनुसार उपत्यका भित्र बोतलको पानी प्रति लिटर खुद्रा मूल्य १६ रुपैयाँ र २० लिटर जारको पानीको प्रति लिटर खुद्रा मूल्य ४७ रुपैयाँ निर्धारण गरिएको छ ।
उपत्यका बाहिर भने विभागले बोतलको पानी प्रति लिटर खुद्रा मूल्य २० रुपैयाँ र २० लिटर जारको पानीको प्रति लिटर खुद्रा मूल्य ६० रुपैयाँ निर्धारण गरेको छ ।
विभागले निर्धारण गरेको मूल्य भन्दा बडी रकममा बिक्रि गरेको पाइएमा कानुनअनुसार कारवाही गरिने समेत विभागले जानकारी दिएको छ ।


















प्रतिक्रिया दिनुहोस्