युक्रेनको पक्षमा १ सय ४३ देश सहित नेपालको मतदान

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 13, 2022 13-Oct-2022, Thu
1 Min Read
Aa
नेपालको मतदान युक्रेनलाई

संयुक्त राष्ट्रसंघको साधारणशभामा १ सय ४३ देशले युक्रेनको पक्षमा मतदान गरेको छ । १४३ देशले रुसले युक्रेन माथि गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।

बुधबार भएको उक्त मतदानमा नेपालले पनि युक्रेनको पक्षमा मतदान गरेको छ । उक्त मतदानमा ५ देशले बिपक्षमा मतदान गरेका छन् भने ३५ देश अनुपस्थित भएका थिए ।

उक्त प्रस्तावमा भनिएको छ- ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन’

उक्त प्रस्ताव रुसले तुरुन्त र बिना सर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja