महिला क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनीलाई ९७ रनले हराउदै पुलिस सेमीफाइनलमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 14, 2022 14-Oct-2022, Fri
1 Min Read
Aa
नवौ राष्ट्रिय महिला खेल

नवौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा लुम्बिनीलाई ९७ रनले हराउदै पुलिस सेमीफाइनलमा प्रवेश गरेको छ ।

उक्त प्रतियोगिता पोखरा रंगशालामा भैरहेको छ । पुलिसले यस खेल संगै लगातार तेस्रो जित हात पारेको छ । पुलिसले लुम्बिनीलाई २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रनको लक्ष्य दिएको थियो ।

पुलिसले दिएको उक्त लक्क्ष्य लुम्बिनीले पछ्याउदा १२.५ ओभरमा १५ रनमै अल आउट भयो । पुलिसले आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशलाई र दोश्रो खेलमा प्रदेश नं १ लाई हराएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja