शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ देखि ४ बजेसम्म उनको पार्थिव शरीर राखिने भएको छ ।
जोशीले आफ्नो शरीर दान गरेका हुनाले उनको अन्तिम संस्कार भने नहुने भएको छ । किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेट जादा उनको निधन भएको थियो ।
सत्यमोहनले आफ्नो शरीर मृत्यु पछि मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा गरिसकेका हुनाले उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर राखिने जानकारी प्राप्त भएको छ ।


















प्रतिक्रिया दिनुहोस्