पशुपति क्षेत्रस्थित पशुपति गौशाला धर्मशालामा सम्झौता विपरित बनाइएका संरचना हटाउन अनुरोध

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 21, 2022 21-Oct-2022, Fri
1 Min Read
Aa
पशुपति नाथ

पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिलाई ३५ दिनको समय दिदै सम्झौता विपरित बनाइएका संरचना हटाउन अनुरोध गरेको छ । थप जानकारी अनुसार पशुपति गौशाला धर्मशाला संचालक समिति मारवाडी सेवा समितिले संचालन गर्दै आएको छ ।

गौशाला धर्मशाला संचालन उद्येश्य अनुसार नभएको जानकारी गराउदै समितिलाई २६ असोजमा विकास कोषले पत्र लेखेको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार सम्झौता विपरित बनाइएका संरचना समयमा नहटाएमा विकास कोषले नियम अनुसार जाने समेत उल्लेख गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja