अर्घाखाची बाट नयाँ दिल्ली सम्म सुविधा सम्पन्न एसी बस संचालन

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 7, 2022 07-Nov-2022, Mon
1 Min Read
Aa
बस

अर्घाखाचीको सन्धिखर्कबाट नयाँ दिल्ली सम्म सुविधा सम्पन्न एसी बस संचालनमा आएको छ । उक्त बस सेवा पश्चिम नेपाल बस सेवा व्यवसायी प्रालिले संचालनमा ल्याएको हो ।

सन्धिखर्कबाट झन्डै नौ सय किलोमिटरको दुरीमा रहेको नयाँ दिल्ली सन्धिखर्कबाट गोरुसिङ्गे, नेपालगन्ज, लख्खिनपुर हुदै दिल्ली सम्म पुग्नेछ ।

पश्चिम नेपाल बस सेवा व्यवसायी प्रालिका अनुसार तत्कालका लागि हप्ताको तिन दिन बस संचालन हुने छ । सोमबार, बुधबार र सुक्रबार सन्धिखर्कबाट नयाँ दिल्लीसम्म ११ बजे हिड्ने र नयाँ दिल्ली देखि सन्धिखर्कसम्म बुधबार, सुक्रबार र आइतबार ८ बजे हिड्ने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja