दुई सय भन्दा बढी हिट चलचित्रहरुमा खलनायकको दमदार अभिनय गरिसकेको चर्चित कलाकार मुकुन्द थापा अचानक भाबुक बनेका छन् । उनको निवास पनौतीमा हामीसंग गरिएको कुराकानीमा उनि भाबुक बनेका हुन् ।
करिब एक बर्ष अघि उनि गम्भीर बिमारी परेका थिए उनको ग्ल्यानमा क्यान्सर भएको रिपोर्ट आएको दिनलाई कालो दिनको रुपमा सम्झदै दर्शक स्रोता र भगवानको कृपाले आफु ठिक भएको बताएका छन् ।
कुराकानीको क्रममा हामीले बिगतका चलचित्र क्षेत्रको बारेमा व्यापक चर्चा गरेका छौ । महानायक राजेश हमाल, निखिल उप्रेती, बिराज भट्ट, रमित ढुंगाना र चर्चित खलनायक राजेन्द्र खड्की संगको गम्सघम्सी देखि जिवन्त अभिनयका कारण इटाको झटारो खाएको, मुखमा थुकी दिएको, कपाल भुत्ल्याएको सम्म रोचक कुराकानी गरेका छौ । उक्त कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला ।


















प्रतिक्रिया दिनुहोस्