उत्कृष्ट एयरलाइन्स अवार्ड २०२२ डिसेम्बर १३ मा आयोजना गरिने

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 17, 2022 17-Nov-2022, Thu
1 Min Read
Aa
tousism sector

बेस्ट एयरलाइन्स अवार्ड नेपाल (बान) ले डिसेम्बर १३ मा एक विशेष समारोहका बीच बेस्ट एयरलाइन्स अवार्ड २०२२ प्रदान गर्ने घोषणा गरेको छ । यो अवार्ड नेपालमा उडान गर्ने स्वदेशी तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई प्रदान गरिने छ ।

१६ विधामध्ये तीन विधालाई नेपाली वायुसेवा कम्पनीका लागि छुट्याइएको छ भने अन्य ११ विधालाई अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई श्रेय दिइएको छ । त्यसैगरी, उडान सुरक्षा र यात्रुहरूको सुविधालाई कायम राख्न उत्कृष्ट मानिने कम्पनीहरूका लागि अन्य दुई श्रेणीहरू तोकिएका छन् ।

बानले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागेको हो । अवार्डका लागि नेपालबाट उडान भर्ने २७ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र नौवटा आन्तरिक वायुसेवा कम्पनीले प्रतिस्पर्धा गर्नेछन् ।

अवार्डको निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य महासंघ, सञ्चारमाध्यम, होटल, निजी कम्पनी, गैरआवासीय नेपाली संघ, पर्यटन व्यवसायीलगायत विभिन्न क्षेत्रका शीर्ष पदाधिकारीहरु रहनेछन् ।

यसैबीच, हयात प्लेस काठमाडौंलाई बेस्ट एयरलाइन्स अवार्ड २०२२ को हस्पिटालिटी पार्टनरको रूपमा मनोनयन गरिएको छ। होटलका सेल्स एण्ड मार्केटिङ निर्देशक अचिन्त रस्तोगी र बानका अध्यक्ष सागरदेव लाखेले बुधबार यस सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja