सागर ढकालले आफ्नो हालै फेसबुक लाइभमा मार्फत सबै युवा तथा जनतालाई सकरात्मक हुन आग्रह गरेका छन् ।
उनले भनेका छन् अन्तिम नतिजा आइसकेको छैन, त्यति सारो खराब नतिजा पनि छैन, अहिले सम्म १०-१२ हजार भोट मात्र गन्ती भएको छ , यहाँ करिब ५० हजार मत खसेको छ ।
साथै उनले भनेका छन् सकारात्मक भईदिनु होला । युवाहरु सबै आउनुपर्छ । धेरै जनाले सागर तिम्रो १००० मत पनि आउँदैन भन्दै हुनुहुन्थ्यो , त्यसको बावजुद हामी राम्रो भोट ल्याउँदै छौ ।
हालसम्म डडेल्धुरा क्षेत्र नं १ मा नेपाली कांग्रेसका शेरबहादुर देउवा ६ हजार ८८० मतका साथ अगाडि छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार ६६६ मत ल्याएका छन् ।


















प्रतिक्रिया दिनुहोस्