फिफा विश्वकप २०२२को फाइनल खेल आज नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुने छ । फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्ने छन् ।
दुवै टिमकोलागि आज महत्वपूर्ण खेल हुन गईरहेको छ । अर्जेन्टिना ३६ वर्ष पछि उपाधि उठाउने लक्ष्यमा रहेको छ भने फ्रान्स २०१८को विजेताले लगातार दुइ विश्वकप उठाउने दाउमा रहेको छ ।
फाइनल जित्ने टोलीले तिन तारा लगाउने पक्का भएको छ । यस विश्वकपमा अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल खेलिरहेका मेस्सीका लागि यो खेल भने अतिरिक्त विशेष हो ।
मेस्सीले अर्जेन्टिनाबाट अहिलेसम्म विश्वकप जितेका छैनन्र र यो उनको शानदार करियरमा हराइरहेको एक मात्र उपाधि जित्ने अन्तिम प्रयास हो । २०१४ मा उनी पीडादायी रूपमा एकको नजिक पुगे तर जर्मनीले त्यो विश्वकपको फाइनलमा अर्जेन्टिनालाई हराएर उनको आशा समाप्त गरेको थियो ।
आठ वर्षपछि मेस्सी र अर्जेन्टिना फेरि इतिहास लेख्ने तयारीमा छन् । के उपाधि जित्ने छन् त ? त्यो समयले मात्र बताउनेछ ।


















प्रतिक्रिया दिनुहोस्