कास्कीका निर्वतमान वडाअध्यक्ष आफ्नै घरमा जली मृत भेटिए

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 2, 2023 02-Jan-2023, Mon
1 Min Read
Aa
आग्लागी

कास्कीको मादी गाउपालिका १ सिक्लेसका सुरजकुमार गुरुङ आफ्नै घरमा जली मृत भेटिएका छन् । सोहि वडाका वडाअध्यक्ष देवीजंग गुरुङले जानकारी दिएका छन् ।

मृतक गुरुङ उक्त वडाको निर्वतमान वडाअध्यक्ष हुन् । जानकारी अनुसार गुरुङको घरमा आइतबार राति आगलागी भएको थियो । देवीजंग गुरुङका अनुसार करिब १० बजे तिर आगलागी नियन्त्रणमा लिएपछि गुरुङको सव घरभित्र जलेको अवस्थामा भेटिएको थियो ।

जानकारी अनुसार सुरजकुमार वि.सम् २०७४ सालको स्थानीय निर्वाचनमा वडाअध्यक्ष निर्वाचित भएका थिए । वडाअध्यक्ष देवीजंग गुरुङका अनुसार उनि उक्त घरमा कपडा पसल संचालन गर्दै एक्लै बस्दै आइरहेका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja