उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जाडो याममा शीतलहरजस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
उपप्रधानमन्त्री लामिछानेले प्राकृतिक प्रकोप र अत्याधिक चिसोबाट जनतालाई जोगाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई भर्चुअल माध्यमबाट निर्देशन दिनुभयो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार मन्त्री लामिछानेले गृह मन्त्रालयबाट भर्चुअल बैठक गरी गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएको हो ।
मन्त्री लामिछानेले सुरक्षा व्यवस्था कडा बनाउन र राजस्व चुहावटमा ध्यान दिन निर्देशन दिएको उपाध्यायले जानकारी दिए । यसैबीच गृहमन्त्री लामिछानेको निर्देशनमा निर्मला पन्त हत्या प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
गृहमन्त्री लामिछानेले पनि गृह प्रशासन सुधार र विधिको शासन सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी, लामिछानेले राहदानी विभागको स्थलगत अनुगमन गरी सेवा प्रवाहमा सुधार गर्न आवश्यक निर्देशन पनि दिएका छन् ।
उपप्रधानमन्त्री लामिछानेले अधिकांश नागरिकले गृह प्रशासनसँग जुध्नुपर्ने र जनताका अधिकांश गुनासो गृह मन्त्रालय मातहतका निकायमा हुने भएकाले आफूले गृह मन्त्रालय रोजेको सार्वजनिक रूपमा भनेका थिए ।


















प्रतिक्रिया दिनुहोस्