२२ औं संस्करणको आहा रारा गोल्डकपको फाइनल खेलको उपाधि संकटा क्लबलाई

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 8, 2023 08-Jan-2023, Sun
1 Min Read
Aa
२२ औ आहारारा गोल्डकप विजेता संकटा क्लबलाई

पोखरा रंगशालामा हिजो दिउसो भएको २२ औं आहा रारा गोल्डकपको फाइनल खेलको उपाधि संकटा क्लबले जितेको छ । अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गर्दै टोलीलाई जित हासिल गराएका थिए ।

संकटाले अन्तिम तीन मिनेटमा बलको गोलमा भुटानी युथ स्पोर्ट्स क्लबलाई ३–२ ले हराउँदै तीन वर्षमा दोस्रो उपाधि जितेको हो ।

खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको बेला ११७औं मिनेटमा स्टेफन बिनोङको पासमा बलले विजयी गोल गर्दै विजयी क्षण सिर्जना गरेका थिए ।निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय अतिरिक्त समयमा गरिएको थियो ।

दुई वर्षअघि २० औं संस्करणको उपाधि जितेका संकटाले १२ लाख र बीवाईएससीले ६ लाख प्राप्त गरे । मछिन्द्र फुटबल क्लबबाट सङ्कटामा आवद्ध कप्तान सुनिल बल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भई स्कुटर प्राप्त गरे ।

सहारा क्लब पोखराले आयोजना गरेको मोफसलको प्रतिष्ठित नकआउट प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पुरस्कार वितरण गरेका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja