आज पृथ्वी जयन्ती देशभर मनाइँदैछ ।सरकारले लामो समयपछि ३ सय १ औ पृथ्वी जयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
सरकारले पृथ्वी जयन्तीका अवसरमा बिदा खारेज गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक बिदा दिएको छ ।
पृथ्वीजयन्ती नेपाललाई एकीकरण गर्ने भएकाले उसलाई पुस्ताले सम्झिनुपर्छ भन्ने अडानमा नेपाली समाजको एक वर्ग अडिग छ ।
यसैबीच नेपाली सेनाले आफ्ना संस्थापक पृथ्वीनारायण शाहको ३ सय १ औँ जन्मजयन्ती बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ ।
यसै सन्दर्भमा प्रधानसेनापति प्रभुराम शर्माले गोरखा दरबार परिसरमा राष्ट्र निर्माता शाहको पूर्णाङ्कको शालिक अनावरण गर्ने भएका छन् ।
कार्यक्रम गोरखा नगरपालिका र नेपाली सेनाले संयुक्त रुपमा आयोजना गर्दैछ । नेपाली सेनाले बुधबारदेखि हरेक दिन बिहान र बेलुका गोरखा दरबारमा बिगुल बजाएर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मानमा गार्ड अफ अनर प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्