डा सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नभएको बताए

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 19, 2023 19-Jan-2023, Thu
1 Min Read
Aa
Dr sanduk ruit

डा सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नभएको बताएका छन् । मंगलबार बहराइनको प्रतिष्ठित आइएसए अवार्ड पाएका रुइतले बुधबार सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उक्त कुरा बताएका हुन् ।

प्रश्न सोध्दा डा रुइतले मुस्कुराउदै लोकतन्त्रमा राष्ट्रपतिको विश्वसनीयता महत्वपूर्ण हुने बताउनुभयो । अहिले राष्ट्रपतिको विश्वसनीयता खस्किएको तर्क गर्दै उनले यसलाई विश्वसनीय बनाउन सबैले लाग्नुपर्ने बताए ।

उनले थपे “यो (राष्ट्रपतिको पद) मेरो लागि होइन ।” म मेरो सीमा र मेरो स्थान राम्ररी बुझ्छु । त्यही भएर म अगाडि आएको हुँ । जति सक्छु म गर्छु । मैले गर्न सक्ने भन्दा बढी गर्ने छैन,’ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja