नेपाली चलचित्र क्षेत्रलाई आयो अत्यन्तै खुसीको खबर

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 26, 2023 26-Jan-2023, Thu
1 Min Read
Aa
NIFF

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करण यही चैत १६ देखि २० गतेसम्म काठमाडौं उपत्यकामा हुने भएको छ । महोत्सवमा ३५ देशका ९५ चलचित्र प्रदर्शन हुनेछन् ।

त्यसैगरी महोत्सवमा चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरुसँग कार्यशाला, अन्तरक्रिया र छलफल कार्यक्रम पनि हुनेछ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय फिचर, सर्ट र डकुमेन्ट्री फिल्मका सातवटा प्रतियोगिता पनि हुनेछन् भने सबै विधाका विजेताहरूलाई १४ वटा पुरस्कार वितरण गरिने छ ।

NIFF आयोजक समितिका अध्यक्ष केपी पाठकले भने ,“नेपाली चलचित्र उद्योगको विकास र वृद्धिका लागि मञ्च प्रदान गर्नु महोत्सवको मुख्य उदेश्य रहेको छ,”।

महोत्सवको स्क्रिनिङ छाया सेन्टर, सिभिल मल र क्युएफएक्स भक्तपुरका क्युएफएक्स सिनेमा स्थलमा हुनेछ ।

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को घोषणा कार्यक्रममा वरिष्ट अभिनेत्री गौरी मल्ल, निर्देशक तथा अभिनेत्री दिप श्री निरौला, वरिष्ट अभिनेता निर शहा र चलचित्र विकाश वोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी लगायतले आफ्ना महत्वपूर्ण भनाइ राखेका छन् ।

उक्त भनाइ हेर्नका निम्ति तलको भिडियोमा क्लिक गर्नु होला ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja