नेपालका आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ जिते

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 27, 2023 27-Jan-2023, Fri
1 Min Read
Aa
aasif saikh

नेपालका आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ जितेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले बिहीबार एक विज्ञप्ति जारी गर्दै विजेता घोषणा गरेको हो । शेख अवार्ड जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

आईसीसीले फेब्रुअरी २०२२ मा भएको खेलमा “आइरिश स्टार रन गर्ने प्रयास गर्दा ट्रिप गरेपछि एन्डी म्याकब्राइनलाई रन आउट नगर्ने उनको निर्णय” लाई मान्यता दिएको आईसीसीले जनाएको छ ।

नेपाल र आयरल्याण्ड चतुर्भुज शृंखलाको छैटौं खेलमा ओमानमा १४ फेब्रुअरी, २०२२ मा भिड्दै थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja