भारतलाई १–३ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 7, 2023 07-Feb-2023, Tue
1 Min Read
Aa
u 20 nepal women's team win

बंगलादेशको मुस्तफा कमल रंगशालामा मंगलबार भएको साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भारतलाई १–३ गोल अन्तरले पराजित गरेको छ ।

पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै तीन गोल गर्‍यो ।

भारतविरुद्ध ३-१ को पुनरागमन जितसहित नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja