नेपाल र बंगलादेशबीचको साफ यू–२० महिला च्याम्पियनसिपको फाइनल आज नेपाली समयअनुसार बेलुका ५ः४५ बजे ढाकामा हुनेछ ।
यसअघि नेपालले भारतजस्तो शक्तिशाली टोलीलाई 3–१ गोलले हराएको थियो भने भुटानलाई ४–० गोलले पराजित गरेको थियो । तर पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
चौथो संस्करणको साफ यू–२० महिला च्याम्पियनसिप २०२३ को फाइनलमा नेपालले बंगलादेशसँग सिपाही मोहम्मद (बीएसएसएम) मुस्तफा कमल रंगशाला ढाकामा प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिताको पहिलो संस्करण २०१८ मा नेपाल फाइनलमा पुगेको थियो तर बंगलादेशसँग १-० ले हार्दा इतिहासमा स्थान पाउनबाट बञ्चित भएको थियो ।
नेपालले आयोजक बंगलादेशसँग समूह चरणको ३–१ ले हारेको बदला र २०१८ को हारको पैचो तिर्ने अवसर पनि पाउनेछ ।


















प्रतिक्रिया दिनुहोस्