त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 10, 2023 10-Feb-2023, Fri
1 Min Read
Aa
PREM NATH THAKUR

थाइ स्माइल एयरलाइन्सबाट घुस मागेको अडियो बाहिरिएपछि टीआईएका प्रमुख प्रेमनाथ ठाकुरलाई अनुसन्धान नभएसम्मका लागि निलम्बन गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले अवैध फाइदा उठाउने उद्देश्यले थाई स्माइल एयरवेजका प्रतिनिधिसँग गरेको कुराकानीको अडियो सामग्री प्राप्त भएको छ ।

केसीले घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महाप्रबन्धकलाई पदबाट निलम्बन गर्न लिखित पत्र पठाएको बताए ।

थप अनुसन्धानका लागि यो मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पठाइनेछ । ठाकुर विगत दुई वर्षदेखि टिआइको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja