नेपाल रग्बी संघले दशरथ रंगशालामा आयोजना गरेको तेस्रो राष्ट्रिय क्लब रग्बी लिग १५ सुरु भएको छ ।
राजधानीको दशरथ रंगशालामा उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहनेछ ।
एकल राउण्ड रोबिन ढाँचामा प्रतिस्पर्धा गर्ने टोलीमा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लब रहेका छन् ।
हिमालयन टाइगर क्लबले दुई विदेशी खेलाडी भर्ना गरेको छ भने गोर्खाली टोलीमा इङ्ल्यान्ड र फिजीका एक–एक गरी दुई खेलाडी छन् ।
लिगको पहिलो संस्करण आर्मी क्लबले जितेको थियो भने दोस्रो संस्करणको उपाधि गोर्खाली रग्बी क्लबले जितेको थियो ।


















प्रतिक्रिया दिनुहोस्