राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलले एकदिवसीय क्रिकेटमा एक हजार रन पुरा गरेका छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 14, 2023 14-Feb-2023, Tue
1 Min Read
Aa
kushal bhurtel

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय मैदानमा नामिबियाविरुद्ध ५५ रन बनाएर रोहित एकदिवसीय क्रिकेटमा १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपालका लागि एकदिवसीय क्रिकेटमा पौडेलले ३२ खेल खेलेका छन् भने आजको यो खेलसँगै उनले ३३ खेल खेलेका छन् । उनले एकदिवसीयमा १ शतक र ६ अर्धशतक बनाएका छन् ।

एकदिवसीय क्रिकेटमा पौडेलको व्यक्तिगत उच्च स्कोर १२६ रन हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja