अध्ययन भिसामा ४७० जना विदेशी विद्यार्थी नेपाल आए

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 19, 2023 19-Feb-2023, Sun
1 Min Read
Aa
tourist in nepal

अध्यागमन विभागका अनुसार, नेपालमा ६ महिनाको अवधिमा अध्ययन भिसामा ४७० जना विदेशी विद्यार्थी नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार पुस मसान्तसम्म कुल ४७० जना विदेशी विद्यार्थी अध्ययनको सिलसिलामा नेपाल आएको पाइएको छ ।

नेपालमा पर्यटन भिसाबाहेक नाता भिसा, वैवाहिक भिसा, कामदार भिसा, अध्ययन भिसा, आवासीय भिसा, प्रेस भिसा, व्यावसायिक भिसा र ननटुरिष्ट भिसा जारी हुने गरेको छ ।

तथ्यांक अनुसार पछिल्लो तीन महिनाको अवधिमा मात्र अध्ययनका लागि २०९ जनाले भिसा लिएका छन् । व्यावसायिक भिसामा ८८७ जना नेपाल आएको विभागको तथ्यांकमा उल्लेख छ ।

नाता भिसा लिनेको संख्या १ हजार ३७६ रहेको छ । बैबाहिक भिसा लिने २८५ जना छन् । यस अविधिमा कामदार भिसा ५५२ जनाले लिएका छन् । आवासीय भिसा ४ जनाले लिएका छन् । प्रेस भिसामा २ जना आएको देखिएको छ ।

थप जानकारी अनुसार पछिल्लो तीन महिनामा अध्यागमन विभागबाट मात्र ७ हजार ५५२ वटा पर्यटक भिसा जारी भएको छ । यसअवधिमा गैरआवासीय भिसा ६१० वटा जारी भएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो तीन महिनामा अध्यागमन विभाग एजेन्सीबाट ३ हजार ९५१ वटा पदयात्रा अनुमति पत्र जारी भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja