चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो ७ महिनामा १४ गैँडा मरेका छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 22, 2023 22-Feb-2023, Wed
1 Min Read
Aa
1 horn rhino nepal

चितवन राष्ट्रिय निकुञ्ज र वनक्षेत्रमा चालु आर्थिक वर्ष २०२२/२३ को फागुन ९ सम्म १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ वटा गैँडा मरेका छन् भने अन्य २ वटा वन क्षेत्रमा मृत फेला परेका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा तीन वटा गैँडा सिकारीले मारेका छन् । जसमध्ये दुईवटा गैँडा निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा मारिएका छन् ।

निकुञ्जमा शिकारीहरूले मारेका दुई गैंडामध्ये एउटाको सिङ काटिएको थियो भने एउटा बच्चा थियो ।

सन् २०२१ मा भएको जनगणना अनुसार नेपालमा ७५२ गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज मा ६९४ गैँडा मात्र छन् । सिकारीले गैंडा मार्न थालेपछि निकुञ्ज विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा अध्ययन टोली गठन गरेको थियो । यससँगै पार्क प्रशासनले पनि आफ्नो सुरक्षा रणनीतिलाई मजबुत बनाएको छ ।

गत वर्ष निकुञ्ज र वन क्षेत्रमा ४१ वटा गैँडा मरेका थिए । पार्क क्षेत्रमा ३७ र वन क्षेत्रमा ४ वटा गैँडा मरेको तिवारीले बताए । गत वर्ष पनि शिकारीले दुई गैँडा मारेका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja