पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले आजदेखि बिहान ६ बजेदेखि राति १२ बजेसम्म रात्रिकालीन उडान सेवा दिने भएको छ ।
हालसम्म दिनमा मात्र उडान हुने गरेको भए पनि अब रात्रि उडानका लागि पनि धावनमार्ग खुला गरिने भएको छ । एयरलाइन्सले पनि रात्रि उडानका लागि आवश्यक तयारी थालेको छ ।
माघ १ गतेदेखि सञ्चालनमा आएको विमानस्थल दिउँसो ४ बजेसम्म मात्रै सञ्चालनमा आएको थियो । तर, अब रातिको समयमा पनि उडान र अवतरण गर्न सकिने विमानस्थलले जनाएको छ ।
निजी क्षेत्रको देशको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले फागुन ९ गतेदेखि काठमाडौं–पोखरा रुटमा रात्रि उडान गर्ने तयारी गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्