नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एउटा विमान दुबईमा ग्राउन्डेड भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।
निगमको एयरबस–ए३२० प्राविधिक समस्या देखिएपछि आइतबारदेखि दुबईमा ग्राउण्डेड गरिएको छ । यसले निगमका सबै अन्तर्राष्ट्रिय उडानहरू नराम्ररी प्रभावित भएका छन् ।
“दुबईमा, इन्जिनियरहरूले विमानको प्राविधिक समस्याहरू हेर्न थालेका छन् । के भयो भनेर अहिलेसम्म थाहा छैन,” नेपाल वायु सेवा निगमका एक कर्मचारीले भने, विमान मर्मत नभएसम्म निगमको उडान तालिकामा केही परिवर्तन हुन सक्छ ।
निगमसँग रहेका चारमध्ये एउटा जहाज ग्राउन्डेड भएकाले विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यका लागि निर्धारित उडान प्रभावित भएको उनले बताए । उनका अनुसार टिकट बुकिङ गरिसकेका यात्रुका लागि निगमले फ्लाई दुबईलगायत अन्य एयरलाइन्सबाट सहयोग लिइरहेको छ ।
उडान ढिलो भए पनि निगमको गन्तव्यका कुनै पनि उडान हालसम्म रद्द नभएको उनले बताए ।


















प्रतिक्रिया दिनुहोस्