सन् २०२३ को पहिलो दुई महिनामा एक लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरे

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 2, 2023 02-Mar-2023, Thu
1 Min Read
Aa
tourist in nepal

सन् २०२३ को पहिलो दुई महिनामा १ लाख २८ हजार ३२९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल आएका थिए । त्यस्तै फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक नेपाल आएका छन् ।

चीन सरकारले आफ्ना नागरिकलाई फागुन ६ गतेदेखि नेपाल भ्रमणको अनुमति दिएको एनटीबीका निर्देशक मणिराज लामिछानेले यसको सकारात्मक प्रभाव नेपालमा पनि देखिन थालेको बताए । समग्रमा भारतीय र अमेरिकी पर्यटकको संख्या बढी छ ।

फेब्रुअरी २०२३ मा मात्र २ हजार २६६ चिनियाँ पर्यटक नेपाल आएका थिए । अघिल्लो महिना (जनवरी) मा १ हजार ४३६ चिनियाँ पर्यटक नेपाल आएका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja