अछाम र काभ्रेमा भूकम्पको धक्का महसुस

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 5, 2023 05-Mar-2023, Sun
1 Min Read
Aa
earthquake hit

आज बिहान देशका दुई फरक स्थानमा दुई वटा भूकम्प गएको छ । अछामको पातालकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्र, लैनचौर, काठमाडौंले जनाएको छ ।

आज बिहान ८ बजेर ३५ मिनेटमा अछाममा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ भने काभ्रेपलाञ्चोकमा आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

पछिल्लो समय देशका विभिन्न स्थानमा भूकम्पका घटना बढेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja