अनमोल केसी आफ्ना दर्शकहरुसंग माफी माग्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 10, 2023 10-Mar-2023, Fri
1 Min Read
Aa
अनमोल केसी

छड्के २.० बारे अनमोल केसी भन्छन् नमस्कार !, लाई थाहा छ, मैले “२.० छड्के’ मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आईपुगे वहाँहरुलाईनै निराश बनाउदा म झनै दुखी भएको छु ।

“२.० छड्के” मेरो नवौं सिनेमा थियो, नवौं सिनेमामा आईपुग्दा म झनै परिपक्क हुनु पर्थियो, यहाँनेर म चुक्न पुगे, बिस्वस्त हुनुस यो समय पनि बितेर जान्छ, घाम डुबेपछी फेरि भोलि नयाँ बिहानी हुन्छ, म भोलीको सुनौलो बिहानी मेरा दर्शक संग साट्नेछु, दुखेका घाउ हरूमा मल्हम लगाउने छु ।

अब नवौं पछिको दशौं सिनेमा दश पछिको शुन्य हटेपछि बन्ने “एक” अर्थात आज म सुन्यमा छु र मेरो करियर्को पहिलो सिनेमा मेरो दशौ सिनेमा हुनेछ अर्थात मेरो करियरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमा बाट हुनेछ ।

जब सम्म शुभचिन्तक र दर्शक हरूको साथ र सहयोग रहि रहने छ मेरो कोसिस निरन्तर जारी रहने छ ! पशुपतिनाथले हामी सबैको कल्याण गर्नु हुनेछ ।”

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja