सन्दीपको उत्कृष्ट बलिङ्ग सहित नेपालको सहज जित

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 13, 2023 13-Mar-2023, Mon
1 Min Read
Aa
नेपाल क्रिकेट टोलि

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले हराएको छ ।

नेपालले टस जिती पिएनजीलाई ब्याटिंगको निम्तो दि ९५ रनमा मात्र सिमित गर्यो । नेपालको तर्फबाट बलिंगमा सन्दीपले ५ विकेट लिए तेस्तै कुशल मल्ल र ललित राजबंशीले २-२ विकेट लिए र सोम्पल कामीले १ विकेट लिए ।

जवाफमा नेपालले लक्ष्य पछ्याउदा २५४ बल बाकी रहदा लक्ष्य पुरा गर्यो । आसिफ शेखले २१ बलमा सर्वाधिक ५३ रन बनाए भने कुशल भुर्तलले १४ बलमा ३३ रन बनाए ।

यस संगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा अन्तिम ११ खेल मध्ये १० खेल जितेको छ र आइसिसी क्रिकेट विश्वकप छनोटमा १ अंकबाट छनोट हुन टाढा रहेको छ ।

नेपालले युएईसंग मंगलबार खेल्ने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja