सन्दिप लामिछाने अब एकदिवसीय क्रिकेटमा १०० विकेट पुरा गर्न २ विकेट मात्र टाढा छन् । उनले सोमबार टियू क्रिकेट मैदानमा पिएनजी विरुद्द विकेट लिदै ४० खेलमा ९८ विकेट पुर्याएका छन् ।
उनले अब आउने तिन खेलमा २ विकेट लिन सफल भएमा उनि एकदिवसीय खेलको पहिलो नेपाली तथा विश्वकै सबैभन्दा छिटो १०० विकेट पुर्याउने बलर बन्ने छन् ।
हाल एकदिवसीय क्रिकेटमा सबै भन्दा छिटो १०० विकेट लिने किर्तिमान पाकिस्तानका क्रिकेटर राशिद खानको नाममा छ । खानले ४४ एकदिवसीय खेलमा यो किर्तिमान बनाएका हुन् ।
दोस्रो स्थानमा भने अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क छन् । स्टार्कले ५२ खेलमा १०० विकेट लिएर उक्त सूचिको दोस्रो स्थानमा आफ्नो नाम बनाएका हुन् ।
लामिछानेले अगस्ट २०१८मा नेदरल्याण्ड विरुद्द आफ्नो एकदिवसीय खेलको डेब्यु गरेका हुन् र उक्त खेलमानै विकेट लिदै आफ्नो खाता खोल्न सफल भएका हुन् ।


















प्रतिक्रिया दिनुहोस्