पैदल यात्रा गरी दक्षिण कोरियाबाट करिब २०० बौद्ध भिक्षु लुम्बिनीमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 15, 2023 15-Mar-2023, Wed
1 Min Read
Aa
बौद्ध धर्म

विश्व शान्तिको कामना र आराधना गर्न करिब एक हजार किलोमिटर पैदल यात्रा गरी दक्षिण कोरियाबाट करिब दुई सय कोरियाली बौद्ध भिक्षु तथा तीर्थयात्री लुम्बिनी आइपुगेका छन् ।

लुम्बिनी विकाश कोषले मंगलबार लुम्बिनीमा एक कार्यक्रमका बीच उक्त समुहलाई ग्रहण गरेको हो । कोरियाली वरिष्ठ भिक्षु कासुंग, धार्मिक गुरु (धर्मगुरु) र अन्य तिर्थ यात्री लुम्बिनी आइपुगेका छन् ।

कोरियाली बौद्ध धर्मावलम्बीलाई रुपन्देही क्षेत्र नं ५ का सांसद वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठी, लुम्बिनी नगरपालिकाका मेयर सजरुद्दीन मुस्लिम लगायतले स्वागत गरेका थिए ।

कोरियाली तीर्थयात्री समूहले विश्व शान्तिको कामना गर्दै आज मायादेवी मन्दिरमा पूजाआजा गरेका थिए । सो अवसरमा कोरियाली राजदूत पार्क चोङ सुकको पनि उपस्थिति थियो ।

सांसद घिमिरे र राजदूत पार्कले बौद्ध भिक्षुहरूको समूहलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । उनीहरुले यस्ता आदानप्रदानले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

टोलीमा दक्षिण कोरियाको राष्ट्रिय मिडिया पनि समावेश छ। कोरियाली टोली बुधबार बिहान कराहवा नाका हुँदै भारत जानेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja