बुद्ध एयरले बेस्ट एयरलाइन अफ द इयर डोमेस्टिकको अवार्ड पायो

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 17, 2023 17-Mar-2023, Fri
1 Min Read
Aa
बुद्ध एयर

नेपालको पर्यटन क्षेत्रमा उड्डयन क्षेत्रले पुर्याएको योगदानको कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सस्तो टिकट बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ भव्य रुपमा आयोजना गरिएको हो ।

नेपाली पर्यटन क्षेत्रलाई विश्वभरका सञ्चारमाध्यमको ध्यानाकर्षण गराउने प्राथमिक उद्देश्यका साथ २०२३ मार्च १३ मा ग्लोबल एक्रिडिटेसन काउन्सिल P.LTD ले आयोजना गरेको विशेष समारोहमा सस्तो टिकट बेस्ट एयरलाइन्सले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल अवार्ड २०२२ विभिन्न १६ विधामा घोषणा गरिएको थियो ।

सर्वसाधारणले गरेको अनलाइन भोटिङ, मनोनयन बोर्डको डाटा प्रोसेसिङ र निर्णायक मण्डलको निर्णयको संयोजनबाट प्राप्त नतिजाका आधारमा विजेता छनोट गरिएको हो ।

कतार एयरवेजले बेस्ट एयरलाइन अफ द इयर इन्टरनेशनलको विधामा अवार्ड जितेको छ । बुद्ध एयरले बेस्ट एयरलाइन अफ द इयर डोमेस्टिकको अवार्ड पाएको छ ।

सस्तो टिकट बेस्ट एयरलाइन्स अवार्ड्स नेपाल २०२२ को हस्पिटालिटी पार्टनर हयात प्लेस काठमाडौंमा आयोजित विशेष समारोहमा उपस्थित ३०० भन्दा बढी विशेष अतिथिहरुका बीचमा घोषणा गरिएको अवार्ड सम्बन्धित एयरलाइन्सका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सस्तो टिकट्सले बेस्ट एयरलाइन्स अवार्डको शीर्षक प्रायोजकको रूपमा सहकार्य गरेको छ र यस अवार्ड कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विशेष योगदान गरेको छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja