रवि लामिछानेमाथि कारवाही गर्न नहुने प्रहरिको भनाई

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 20, 2023 20-Mar-2023, Mon
1 Min Read
Aa
रबि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्य्क्ष रवि लामिछानेले एकै समयमा नेपाली र अमेरिकी राहधानी बोकेर राष्ट्रिय कानुनको उलंघन गरेको आरोपको अनुसन्धान पछि प्रहरिले उनीमाथि कारवाही गर्न नहुने बताएको छ ।

काठमाडौँ जिल्ला प्रहरी परिसरले लामिछानेको दोहोरो राहधानी हुनुमा कुनै नराम्रो नियत नभएकाले मुद्दामा कारवाही नगर्ने सिफारिस जिल्ला सरकारी वकिलको कार्यलयमा प्रतिवेदन बुझाएको छ ।

लामिछाने माथि सन् २०१५ मेमा अवैध नेपाली नागरिकताको आधारमा नेपाली राहधानी लिएको आरोप छ । स्रोतका अनुसार उनि संग २०१५ देखि २०१८ सम्म दुई देशको राहधानी थियो । नेपालको कानुन अनुसार एकैपटकमा दूइ देशको राहधानी लिन अनुमति छैन ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja