नेपाली महिला बक्सर अञ्जलि तेलीले फेरी इतिहास रचिन

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 21, 2023 21-Mar-2023, Tue
1 Min Read
Aa
अञ्जलि तेली

भारतको नयाँ दिल्लीमा जारि आइबिए महिला विश्वकप बक्सिङ्ग च्याम्पियनसीपमा नेपाली बक्सर अञ्जनि तेलीले इतिहास रचिन ।

विश्व च्याम्पियनसिपमा पहिलो राउण्डमा जित दर्ता गर्ने पहिलो नेपाली बक्सर बनेकी तेलीले क्वाटरफाइनलमा प्रवेश गरेपछि पाच दिनमा दोस्रो पटक किर्तिमान बुकमा प्रवेश गरेकी छिन् ।

विश्व च्याम्पियनसिपमा एतिहासिक पदकबाट एक जित टाढा रहेकी तेलीले सेमिफाइनलको स्थानको लागि बेलारुसका अपानासोविच युलियासंग प्रतिस्पर्धा गर्ने छिन् ।

महिला ५२ केजी तौल समुहमा तेलीले राउण्ड अफ १६ को खेलमा हाइटिकी शीर्ष वरीयताकी बक्सर क्याथरिन मारिया स्टर्लिङलाई ५–० ले हराएकी हुन् । पहिलो राउण्डमा बाई पाएका स्टर्लिङमाथि गैरवरीयता प्राप्त नेपाली बक्सरले एकतर्फी जित दर्ता गरिन् ।

तेलीले मार्च १६ मा पहिलो चरणको खेलमा डोमिनिकन रिपब्लिकका हर्नान्डेज गार्सिया मिगुएलिनालाई पराजित गरेकी थिइन् ।

तेली नेपालका लागि एक्लो पदकको आशामा छन्, संगीता सुनार (६० केजी), सरस्वती राणा (७० केजी), सुष्मा तामाङ (४८ केजी), मिनु गुरुङ (५४ केजी), अस्मिता दुवाल (५० केजी) र चन्द्रकला थापा (५७ केजी) यसअघि नै च्याम्पियनसिपबाट बाहिरिसकेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja