दैलेखमा ट्रक दुर्घटना हुदा ३ जनाको घटना स्थलमै मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 22, 2023 22-Mar-2023, Wed
1 Min Read
Aa
दुर्घटना

नेपालगंजबाट दैलेखतर्फ आउदै गरेको ग्यास सिलिण्डर बोकेको ट्रक आज बिहान पौने ९ बजेतिर दैलेखको गुराँस गाउँपालिकामा दुर्घटना हुदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

दुरघट्नामा परि मृत्यु हुनेमा सवारी चालक ३१ वर्षीय कृष्ण चौधरी, २३ वर्षीय विष्णु चौधरी र ट्रकमा सवार २५ वर्षीय लक्षिमन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्शालले बताए ।

जानकारी अनुसार उक्त दुर्घटनामा परि मृत्यु हुनेहरुको ठेगाना नखुलेको डिएसपी लम्शालले बताए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja