दिल्लीमा जबर्जस्ति देह व्यापारमा लगाइएका १० नेपाली चेलिबेटीको उद्दार

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 23, 2023 23-Mar-2023, Thu
1 Min Read
Aa
human-trafficking

भारतको राजधानी दिल्लीमा लगी मानव तस्करीको शिकार भई जबर्जस्ति देह व्यापारमा लगाइएका १० नेपाली चेलिबेटीको उद्दार गरिएको छ ।

स्रोतका अनुसार दिल्लीको किशनगड क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्दामा जबरजस्ती लगाइएका नेपालको विभिन्न जिल्लाका १० किशोरी तथा महिला चेलिबेटीहरुलाई उद्दार गरिएको छ ।

उनीहरुलाई नेपाल प्रहरी, मानवबेचबिखन विरुद्दको अनुशन्धान व्युरो, नेपाली राजदुतावास, किन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारवाहीमा उद्दार गरिएको स्रोतले बताएको छ ।

जानकारी अनुसार उद्दार गरिएको महिलाहरुको उमेर १५,१६,१७,१८,२० र २५ रहेको छ । उनीहरुको काठमाडौँ, नुवाकोट, खोटाङ्ग लगायतका जिल्लाका रहेको बताइएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja