सांसद ज्ञानेन्द्र शाही बताउछन् खेलाडीहरुको तलबमा वृद्धि गरियोस् र रंगशाला बनाइयोस्

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 26, 2023 26-Mar-2023, Sun
1 Min Read
Aa
gyanendra shahi

सांसद ज्ञानेन्द्र शाहीले खेलाडीको पछिल्लो अवस्थाबारे बोल्दै बताएका छन्, यो देशमा संसारमा यदि कसैले चिनाउछ भने त्यो खेलाडीले चिनाउँछन् तर आज राष्ट्रिय टोलीका कप्तान समेत रहेका सुजल श्रेष्ठ अष्ट्रेलिया जान बाध्य भए ।

त्यस्तै, एक विद्यालयमा कक्षा १२ को विद्यार्थीहरुको बिदाइ गर्दै गर्दा विद्यार्थीहरुले खाडीमा भेटौँला भने, आज युवाहरूको अवस्था त्यो छ । खेलकुद क्षेत्रमा नेपाल सरकारबाट ०.१३% बजेट छुट्याइएको छ, यो बजेट यसो हेर्दा मन्त्रीहरूका स्वकीय सचिव भन्दा कम तलबमा नेपालका राष्ट्रिय खेलाडीहरु खेलिरहेका छन् ।

त्यहीँ भएर म भन्न चाहन्छु, हामी सबै सांसद, मन्त्रीहरुको स्वकीय को तलब कटौती गरेर खेलाडीहरुको तलबमा वृद्धि गरियोस् र रंगशाला बनाइयोस् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja