आइतबार बसेको राष्ट्रियसभाको बैठकबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त विधेयकमा राष्ट्रिय गान कसरी गाउने र सम्मान कसरी प्रकट गर्ने व्यवस्था पनि उल्लेख छ ।
औपचारिक तथा विशेष समारोह र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कुनै पनि निकाय वा कार्यालय, गैरसरकारी संघ, संस्था तथा कूटनीतिक नियोगहरूले आयोजना गरेका औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय गान गाउँदा वा राष्ट्रिय धुन बजाउँदा अति विशिष्ट तथा विशिष्ट व्यक्ति वा सार्वजनिक ओहोदामा पदाधिकार रहेका वा नरहेका सर्वसाधारण सबैले हात तल झारी, खुट्टाका कुर्कुच्चा जोडी अगाडिका औंलातिरका दुई खुट्टाले ‘भी’ आकार बनाएर सतर्क अवस्थामा उभिएर शीर ठाडो गरी, छाती फराकिलो पारी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्ने व्यवस्था गरिएको छ ।


















प्रतिक्रिया दिनुहोस्