काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले मिटरब्याज पीडितहरुको हकमा आफ्ना कुरा राखेका छन् । उनले सामाजिक संजाल मार्फत लेखेका छन् बिगत केही बर्ष देखि नेपाल सरकारले मिटर ब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सिमित रहयो ।
उनले भने, सधै काठमाडौ आएर आन्दोलननै गर्न पर्ने स्थिति सिर्जना हुदा पनि सरकार हेरेर बस्ने अवस्था छ । हिजो ११ दिन हिडेर काठमाडौ आउने समाचार हेरे पछि महानगर को मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानबताको नाताले काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यबस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाहरु सङ सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्यौ तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो ।
हामीले सम्झाएर रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौ र उहाँहरुको माग प्रती एक्यवद्धता जनाउदै नेपाल सरकार समक्ष उहाहरु को समस्या समाधानको लागि जोडदार माग राख्दछौ । हामी चाहन्छौ यस्तो अवस्था मा काठमाडौ कोहि आउन नपरोस , गाउँ गाउँ मा सरकार पुगोस ।


















प्रतिक्रिया दिनुहोस्