प्रधानमन्त्री दाहालले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान गर्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 30, 2023 30-Mar-2023, Thu
1 Min Read
Aa
gautam-buddha-cricket-stadium

प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने आश्वासन दिएका छन् ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको एक वा दुई हप्तामा समस्या समाधान हुने आश्वासन दिएका छन् ।

बिहीबार महानगर प्रमुख रेणुसमेत सहभागी उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या समाधान गरेर निर्माण प्रक्रिया अघि बढाउने वचन दिएका छन्।

उक्त रंगशाला निर्माणका क्रममा सामान ल्याएको उधारो करिब १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको फाउन्डेसनले बताउँदै आएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja