बंगलादेशको राजधानी ढाकामा लोकप्रिय कपडा बङ्गाबजारमा भीषण आगलागी भएको छ । यो बजार कपडाका सामानको लागि लोकप्रिय छ । यसलाई नियन्त्रण गर्न दमकलले काम गरिरहेको छ ।
मंगलबार बिहान भएको आगलागीबाट अहिलेसम्म कुनै क्षति नभएको बताइएको छ । पसल मालिक र दमकल अधिकारीहरूले पत्रकारहरूलाई बङ्गाबजार र तीन छेउछाउका व्यापारिक क्षेत्रहरू लगभग पूर्ण रूपमा जलेको बताए ।
अधिकारीहरूका अनुसार अग्नि सेवाका ४७ वटा युनिटले आगो नियन्त्रणमा लिएर काम गरिरहेका छन् । आगलागीको कारण भने खुल्न नसकेको उनले बताए । स्रोतका अनुसार आगलागीको पहिलो युनिट दुई मिनेटमा घटनास्थलमा पुगेको जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्